बडीकेदारको १३ औँ अधिवेशन : शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

गणेश मौनी, डोटी
डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा शिक्षा स्वास्थ्य र कृषिलाइ पहिलो प्राथमिकता दिएको छ ।

गाउँ सभाको १३ औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३८ करोड ५० लाख ५० हजार  ८ सय बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँ सभाको १३ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष डम्मरी विष्ट कलेलले बजेट प्रस्तुत गरेकी हुन् ।

Sayalb

प्रस्तुत गरिएको बजेटमा सशर्त अनुदान सङ्घीय सरकार १७ करोड २९ लाख, वित्तीय समानिकरण अनुदान सङ्घीय सरकार ७ करोड ९० लाख, वित्तीय समानिकरण अनुदान प्रदेश सरकार ६२ लाख २८ हजार, राजश्व बाडँफाड सङ्घीय सरकार ९ करोड ४९ हजार, राजश्व बाडँफाड प्रदेश सरकार २८ लाख ८२ हजार, विशेष अनुदान प्रदेश सरकार ६४ लाख, समपूरक अनुदान सङ्घीय सरकार १ करोड अनुमान गरिएको छ ।

गाउँपालिका अध्यक्ष साउँदले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास कृषि तथा पशु, पर्यटन, उद्योग, सहकारी र वित्तीय विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकताका साथ समेटिएको  छ  ।

Shaileshwori
Loading...