Before Header
After Navigation

बोगटानको लफडा टोल पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा

बोगटान : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरको लफडा टोललाई पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा गरिएको छ । पूर्ण सरसफाइयुक्त गाउँ घर हाम्रो शान, व्यक्ति घर परिवार र टोलवासीको पहिचान भन्ने धेयका साथ सोमबार लफडालाई पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा गरिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका वास इकाईको आयोजनामा विभिन्न सूचक पुरा गर्दै टोललाई सफा र स्वच्छ राख्ने प्रतिबद्धता सहित घोषणा गरिएको हो । घोषणा कार्यक्रममा टोलका ४८ घरपरिवारलाई फिल्टर, हर्पिक, बाल्टिन, मग साबुन लगायतका सरसफाइका सामग्री पनि वितरण गरिएको छ ।

Sagan sahari bhawan nirman aayojana

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले सरसफाइ मानवको लागि महत्त्वपूर्ण पक्ष भएको बताए । अबको विकास समाज रूपान्तरण गर्ने किसिमको हुनुपर्ने बताउँदै नियमित सरसफाइले मानिस स्वस्थ रहने हुँदा स्वस्थ मानिसले मात्रै समाज परिवर्तन गर्न सक्ने अध्यक्ष गडसिलाले बताए । पालिकाका केही टोल पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा भइसकेको बताउँदै बाँकी टोललाई पनि आवश्यक सूचक पुरा गरी घोषणा गरिने गड्सिलाले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गड्सिल, वडा अध्यक्ष खेम घर्तिमगर, सरसफाइसँग सरोकार राख्ने व्यक्ति तथा स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...