Before Header
After Navigation

आपराधिक क्रियाकलाप विरुद्ध निर्मम बन्नुपर्छ : प्रहरी नायव महानिरीक्षक बोहरा

डोटी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले समाजमा हुने आपराधिक क्रियाकलापहरू विरुद्ध प्रहरी निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । सोमवार जोरायल गाउँपालिकाको बुडरमा रहेको इलाका प्रहरी कार्यालय बुडरको नव निर्मित भवनको उद्घाटनपछि प्रहरी नायव महानिरीक्षक बोहराले यस्तो बताएका हुन् ।

Sagan sahari bhawan nirman aayojana

महानिरीक्षक बोहराले प्रहरीले नागरिकप्रति दायित्व बोध गरी कार्य सम्पादन गर्दै लागु औषध, तस्करी, गुण्डागर्दी र फरार प्रतिवादी विरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा लागु औषधको कारोबार तथा दुर्व्यसनीका घटना बढ्दै गएको पाइएको छ ।

Shaileshwori
Loading...