Before Header
After Navigation

यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

गणेश मौनी, डोटी 
डोटीको बडीकेदार गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय दिपायलको सहयोग मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
Sagan sahari bhawan nirman aayojana
कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले पालिकाको समग्र भौतिक पक्षको विकास हुनुका साथै चेतनाको विकास हुन आवश्यक रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष साउँदले गाउँ घर टोल छरछिमेकमा रहेका नराम्रा विकृति विसङ्गतिलाई रोक्नका लागि सबैले आफूबाट सुरुवातको प्रयास गर्नुका साथै कुरुतीको अन्य गर्न अभियानको रूपमा अगाडी बढाउन आवश्यक रहेको समेत बताउनु भयो । फरक क्षमता भएका बालबालिकाहरूको समग्र पक्षको विकास का लागि पालिकाले सधैँ सहयोग गर्ने समेत अध्यक्ष साउँदले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी मूलक प्रस्तुति बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खडक धामीले प्रस्तुतीकरण गरेका थिए । मोहन्याल दृष्टिविहीन तथा अपाङ्ग सेवा समाजका अध्यक्ष खडक बोहराको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरूलाई संस्थाका डबल बहादुर मौनीले स्वागत गरेका थिए । कार्यक्रममा गाउँपालिका अन्तरगत सबै वडाबाट विभिन्न बाल क्लबबाट २४ जना बालबालिकाहरूको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...