प्रतिपक्षको अवरोधले संसद बैठक स्थगित

प्रतिपक्ष दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने विषयमा सरकार पछि हटे पनि विनियोजन विधेयकमा त्यो नसच्चिएको भन्दै प्रतिपक्ष दलहरूले विरोध गरेका हुन्।

विनियोजन विधेयक पारित गर्ने तयारी भइरहेका बेला एमाले प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले स्वीकार गरेको विषय नआएको भन्दै संसद अघि बढ्न नसक्ने बताए।

Sayalb

अर्थमन्त्री प्रकाशशरण महतले मंगलबारको संसद बैठकमा निर्वाचन कार्यालयहरू पहिलाकै अवस्थामा रहने प्रतिवद्धता व्यक्त गरेका थिए।

‘तर अर्थमन्त्रीले जनाएको प्रतिवद्धता विनियोजन विधेयकभित्र समेटिएको पाइएन, गिरीले भने, ‘यदि त्यसलाई नल्याउने हो भने यसलाई पास गरेर जान सकिँदैन।’

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्रीले जनाएको प्रतिवद्धताको सुनिश्चतता नभए बैठक अघि बढ्न नसक्ने बताए। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सबै दल सहमत भइसकेको विषय भएकाले यसमा राजनीति नगर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरे।

Shaileshwori
Loading...