
डोटीको पुर्विचौकी गाउँपालिकामा एचआईभी संक्रमितहरुलाई बाख्रा वितरण गरिएको छ । गाउपालिकाका आर्थिक अबस्था कमजोर रहेका २१ परिवारलाई बाख्रा वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको परिवारलाई सामान्य भए पनि राहत होस भन्ने उदेश्यका साथ बाख्रा वितरण गरेको रानीढुङ्गा लालीगुराँस एकता समाज पूर्वीचौंकी गाउँपालिकाका सचीव त्रिलोक विक्रम ठकुल्लाले बताए ।

पुर्विचौकी गाउँपालिकाको सहयोगमा रानीढुङ्गा लालीगुराँस एकता समाज पूर्वीचौंकीले बाख्रा वितरण गरिएको हो । पुर्विचौकी गाउपालिकामा मात्र एक सय ७८ जना सक्रमीत रहेका छन् । बाख्रा वितरण कार्यक्रममा जनप्रतिनिधीको उपस्थिती रहेको थियो ।
