
गणेश मौनी
असार १४, डोटी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलमा २८ जना पुराना बाख्रा पालक लघु उद्यमीहरूलाई बाख्रा वितरण गरिएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको सहयोगमा बडीकेदार गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको हो ।
पालिकाकाले केही सहयोग गरी उद्यमीहरूलाई थप उद्यम गर्न सहजता होस भन्ने हेतुले बाख्रा वितरण गरिएको बडीकेदार गाउँपालिकाका उद्यम विकास सहजकर्ता उद्यम प्राविधिक भूपेन्द्र बोहराले बताए ।
वडा नम्बर ३ का वडा सदस्य दान बहादुर मल्लको अध्यक्षतामा भएको बाख्रा वितरण कार्यक्रममा घागल स्वास्थ्य चौकीका प्रमुख भक्त बहादुर टमाटा, बडीकेदार गाउँपालिका वडा न. २ का पशु सेवा प्राविधिक तथा तालिम का प्रशिक्षक तारा सिंह पातली, गाउँपालिकाका अन्य शाखाका कर्मचारी लगायत २८ जना बाख्रा पालक लघु उद्यमीहरूको सहभागिता रहेको थियो ।
