गेटा विश्वविद्यालयको गेट अगाडी रोपाई 

Sayalb
कैलाली : सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सरकारलाई दबाब दिन सङ्घर्ष समितिले गेटा विश्वविद्यालयको गेट अगाडी धान रोपाई गरेको छ । धान दिवसको अवसरमा विश्वविद्यालय विधेयक पारित गरी ६ सय शैय्याको अस्पताल सञ्चालन गर्न दबाब स्वरूप गेट अगाडी धान रोपाई गरिएको सङ्घर्ष समितिका प्रवक्ता गणेश शाहले  बताए । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले लामो समयदेखि विभिन्न सङ्घर्षका कार्यक्रम गरिरहेको छ ।
Shaileshwori
Loading...