भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ। यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन । जसअनुसार उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिन्छ ।
यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ। जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ ।
सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन् । गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ । र, उनीहरुले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै छन् ।
पुरानो लिपुलेक पुग्न २ किलोमिटर चढ्नुपर्छ, जुन सजिलो नभएको पर्यटन विभागले जनाएको छ । यहाँसम्म पुग्न बाटो पनि बनाउन सकिने भन्दै सर्बे सुरू गरिएको छ ।
यसैगरी, पिथौरागढकै जेओलिङ्काङ भन्दा २५ किलोमिटर माथि रहेको लिम्पियाधुरा चुचुरोबाट कैलाश हिमाल देख्न सकिने स्थानीय बासिन्दाले दाबी गरेका छन् ।