दार्चुलामा एक जना आफ्नै बुहारी लगेर फरार

दार्चुलाको मार्मामा  एक जना  आफ्नै बुहारी लगेर फरार भएका छन् ।  भतिजाकी श्रीमती लगेर मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट  फरार भएका पारिवारिक स्रोतले  जनाएको  छ ।  सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर  गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको  छ ।

जेठ २८ गते  माइत जान्छु भनेर  गएकी  श्रीमतीलाई  काका लगेर फरार  भएका  जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर  गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन  । श्रीमती भागेर गएपछि छोराहरुको  बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन्  । श्रीमती काका संग भागेपछि उनले  विलौना पोखेका छन् ।

Sayalb

‘जेठ २८ गते घरबाट माइत घर जान्छु भनी गएकी र माईती घर बाट घर आउदा खेरि सोही ठाउँ मार्मा गाँउपालीका वडा नं ४ घोडेधार बस्ने काका गोबिन्द बिष्टले श्रीमती जयन्ती बिष्टलाई बिचबाटोबाट भगाएर लगेको र मैले विदेशमा ३ बर्ष बिताएर नखाई नलाई घामपानि नभनि दुख कष्ट झेलेर कमाएको आधा रकम पनि पहिलै देखिनै खाईदिएको र करिब एक तोला सुनका गरगहना सहिद लगेर दुईटै जना फरार भएका छन् । बाल बच्चाहरुको बेहाल बनाई दियो,सार्है दुःख दिएर गई ,उनले भने ।’

श्रीमतीको  खोजिका लागि  दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले  बताए ।

Shaileshwori
Loading...