
कैलालीको जानकी गाउँपालिका मनुवा निवासी टेक बहादुर कुडमाल र सीता बोहरीकी ४ महिने छोरी मिसिकाको उपचारमा आर्थिक समस्या भएको छ । कामको सिलसिलामा भारतको गोवामा रहेका कुडमाल दम्पतीको छोरी मिसिकाको कलेजोमा समस्या देखिएको छ ।

उनको ३ महिना पहिला मात्रै कलेजोको शल्यक्रिया गरिएकोमा शल्यक्रिया सफल नभएपछि डाक्टरले कलेजो नै फेर्नुपर्ने बताएपछि आर्थिक समस्या सिर्जना भएको बुवा टेकले बताए । उनका अनुसार छोरीको कलेजोको उपचारमा १० लाख भारु (नेपाली १६ लाख ) लाग्ने भएको छ । उनले भने, म मजदुरी गरेर हातमुख जोड्ने मान्छे अब यत्रो रुपैयाँ कहाँबाट जुटाउनु, पहिला पनि शल्यक्रिया गर्दा सरसापट गरेर जोहो गरेको हुँ । टेकले मनकारी नेपालीलाई आर्थिक सहयोग जुटाइ छोरीको जीवन रक्षा गरिदिन अपिल गरेका छन् । अहिले उनको गोवा मेडिकल कलेज बाम्बोलीमा उपचार भइरहेको छ ।
आर्थिक सहयोग गर्न चाहनेले भारतमा रहेका बिरामीका बुवा टेक लाइ ८७९३५४९८६१ फोन गर्न अथवा स्टेट बैङ्क अफ इन्डियामा रहेको खाता नम्बर ४१९९३७८६५१९ मा वा जी पेय नम्बर ८७९३५४९८६१ जम्मा गर्न सकिने छ । त्यस्तै महेन्द्र धामीको जी पेय नम्बर ७०५८६३९५९३, बेंगलोरका लागि धन बहादुर बिठारीको जी पेय नम्बर ९७२५७८८०२४ र नेपालका लागि राधा बोहराको नाममा रहेको सानिमा नारी बचत बैङ्कको खाता नम्बर ०२४०११०९०००२०३३ र इ-सेवा नम्बर ९८६४७५३८४७ मा जन्मा गर्न सकिने छ ।
