भिरबाट लडेर डडेल्धुराका १८ वर्षीय युवकको मृत्यु 

Sayalb

डडेल्धुरा : भिरबाट लडेर घाइते भएका डडेल्धुराका एक युवकको मृत्यु भएको छ । उपचारका लागि अस्पताल लैजाने क्रममा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर–३ भट्वाडिका धन बहादुर बोहराका १८ वर्षीय छोरा राम बोहराको मृत्यु भएको हो । जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ । बोहरा भागेश्वर मावि कटालमा कक्षा ११ मा अध्ययनरत थिए ।

Shaileshwori
Loading...