

डोटी : पानी ट्याङ्कीमा डुबेर डोटीमा ८ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार रिजर्भ पानी ट्याङ्कीमा डुबेर ८ वर्षीय बालक दीपेश मलासीको मृत्यु हो । शुक्रवार दिपायल सिलगढी नगरपालिका-५ गैरा स्थित निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पतालको रिजर्भ पानी ट्याङ्कीमा मलासीको शव फेला परेको हो ।
गोठालो गएका उनी घर नफर्किएपछि खोजी गर्दा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
