मौसम पूर्वानुमान : यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौँ : आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु सक्रिय भएकाले आज कोशी र सुदूरपश्चिम प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

Sayalb

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी पनि चल्ने मौसमविद्ले बताएका छन् । रातिलाई भने देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । पर्सिसम्म नै देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम रहने उनको भनाइ छ ।

Shaileshwori
Loading...