दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते

दार्चुला : दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कलेमा से १ ज ११०४ नम्बरको जिप शनिवार साँझ साढे सात बजेतिर दुर्घटनामा परेको हो । जिपमा चालकसहित तीन जना सवार थिए ।

Sayalb

घाइते हुनेमा चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्तीका ३४ वर्षीय मानसिंह टमाटा, जीपमा सवार शैल्यशिखर नगरपालिका २ का ३० वर्षीय किरण कामी र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय दीपक लुहार रहेको दार्चुला प्रहरीले बताएको छ । चालकको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था मध्यम छ।

घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । दुर्घटनामा परेको जिप दार्चुलाको गोकुलेश्वरबाट बैतडीको गणन्नातर्फ गइरहेको थियो ।

Shaileshwori
Loading...