Before Header
After Navigation

एसइईको नतिजा शुक्रवारसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले परीक्षाफल प्रकाशनको अन्तिम कामहरू भइरहेकोले शुक्रवारसम्म सार्वजनिक गर्ने तयारी रहेको बताए ।
Sagan sahari bhawan nirman aayojana
गत चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसइई परीक्षामा ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट करिब पाँच लाख विद्यार्थी सहभागी भएका थिए । एसइई (कक्षा १०) को  नतिजा प्रकाशन गर्ने तयारी भए पनि नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
Shaileshwori
Loading...