फोक्सोको समस्याबाट पीडित डोटीका बमको उपचारका लागि आर्थिक अपिल

सिलगढी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारा घर भई कैलालीको भजनी नगरपालिका वडा नम्बर १ गौँनिया बस्ने वीरेन्द्र बमको उपचारमा समस्या भएपछि आर्थिक अपिल गरिएको छ । ३५ वर्षीय बम लामो समयदेखि फोक्सोको समस्याबाट ग्रसित रहेका छन् । ६ महिनादेखि काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचाररत बमको उपचारमा अहिलेसम्म रु. १० लाख भन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले बताएको छ ।
Sayalb
अहिले पनि उनको उपचारमा दैनिक ५० हजार खर्च लाग्ने गरेको आफन्तले बताएका छन् । अस्पतालले फोक्सोको शल्यक्रिया गर्नुपर्ने बताएको उनकी श्रीमती निर्मला बमले बताइन् । उनले आफ्नो घरको आर्थिक अवस्था कमजोर भएकाले शल्यक्रिया गर्न आवश्यक खर्च जुटाउन नसकिने भएकाले सक्दो सहयोग गरी श्रीमानको ज्यान जोगाइदिन आग्रह गरिन् ।
उनलाई आर्थिक सहयोग गर्न मोबाइल नम्बर ९८६८४५४८५५ मा फोन गर्न अथवा सनराइज बैङ्कमा रहेको बिरामीकी श्रीमती निर्मला कुमारी देउवाको नाममा रहेको खाता नम्बर १३३०६८७२२८२०२००१ मा जम्मा गर्न सकिने छ ।
Shaileshwori
Loading...