‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणाको प्रस्ताव खारेज  गर्न  महासङ्घको माग

‘तेले लेक वन संरक्षण क्षेत्र’ बनाउने  प्रस्ताव अघि नबढाउन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ (फेकोफन) डोटीले माग गरेको छ ।   फेकोफन डोटीले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै सामुदायिक वन विरोधी, गैर कानुनी तथा अपारदर्शी रहेकोले उक्त प्रस्ताव तत्काल खारेज गर्न माग गरेको हो ।
जिल्ला वन क्षेत्र समन्वय समिति डोटीको यही असार १५ गतेको बैठकबाट वन नियमावली २०७९ को नियम १२३ ९२० विपरीत हुने गरी ‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको र उक्त निर्णयप्रति फेकोफनले विरोध र असहमति जनाई निर्णय पुस्तिकामै फरक मत जाहेर गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
सामुदायिक वन उपभोक्ता समूहको अधिकारमा प्रतिकूल असर पर्ने गरी ‘तेले लेक वन संरक्षण क्षेत्र’ घोषणा गर्न सिफारिस गरिएको र सो विषयमा सहमति समेत नभएको अवस्थामा डिभिजन वन कार्यालय डोटीमार्फत सिफारिस अघि बढाइएको फेकोफन डोटीका अध्यक्ष रवीन्द्रप्रसाद जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
Sayalb
फेकोफन, सामुदायिक वन उपभोक्ता समूहहरूको हक अधिकारका लागि स्थापित छाता संस्था भएकाले सामुदायिक वनको अधिकारमाथि हस्तक्षेप हुने गरी अघि बढाइएको उक्त सिफारिस प्रक्रिया खारेज नभए चरणबद्ध सशक्त आन्दोलनका कार्यक्रमहरू गर्ने फेकोफनले विज्ञप्तिमार्फत चेतावनी पनि दिएको छ ।
तेले लेक वन संरक्षण क्षेत्र घोषणाका लागि तत्कालीन जिल्ला वन कार्यालय डोटीले २०७४ सालमा दश वर्षे ‘तेले लेक संरक्षित वन व्यवस्थापन कार्य योजना’ बनाएको थियो । जुन कार्य योजना २०७५ श्रावण २७ गते पास भएको जनाइएको छ ।
Shaileshwori
Bolpatra
Loading...