Before Header
After Navigation

सिलगढी बजारमा साढे सात सय गमला वितरण

सिलगढी : डोटीको सदरमुकाम रहेको सिलगढी बजारमा ७ सय ५० गमला वितरण गरिएको छ । मङ्गलवार र बुधवार बजारको सौन्दर्य बढाउने उदेश्यकासाथ बजार क्षेत्रमा प्लास्टिकका गमला वितरण गरिएको हो । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले सुन्दर सिलगढी हाम्रो सान, फुलको गमला अतिथि सम्मान भन्ने नारा बोकी दुई दिन लगाएर गमला वितरण गरेको हो ।
Sagan sahari bhawan nirman aayojana
बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार गमला वितरण गरिएको वडा अध्यक्ष नरेश मलासीले बताए । अध्यक्ष मलासीले कुनै बेला भरिभराउ रहेको सिलगढी बजार बिस्तारै सुनसान बन्दै गइरहेको बेला गमला वितरण गरेर वडाले थोरै भए पनि बजारको सौन्दर्ययता बढाउन खोजेको बताए । उनले सौन्दर्ययता सिलगढी बनाउने वडाको अभियान यहाँका नागरिकले सफल बनाउनेमा विश्वास व्यक्त गरे ।
बजार क्षेत्रका प्रत्येक घरमा दुई वटा गमला वितरण गरिएको वडाले जानकारी दिएको छ । वितरण गरिएका गमलामा सम्बन्धित परिवारले माटो हालेर फूलका बिरुवा आफै रोप्नुपर्ने छ ।
Shaileshwori
Loading...