
दीपक बोहरा
असार २१, दाङ

दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रुवाहक बसमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । सोही बसमा सवार एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर-सल्यान सडक खण्ड अन्तर्गत कपूर कोट गाउँपालिका ३ चोर खोला नजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतीय तारमा रा १ ख ८३४ नम्बरको बसले छुँदा बसमा करेन्ट प्रवाह भइ दुई जनाको मृत्यु भएको हो। मृत्युु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका-४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बसमा २७ जना यात्रु सवार रहेका थिए ।
