Before Header
After Navigation

नेपाल परिवार नियोजन सङ्घ डोटीको अध्यक्षमा कठायत निर्विरोध निर्वाचित

डोटी : नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाको अध्यक्षमा रघु कठायत निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको ४२ औँ शाखा सभाबाट अध्यक्षमा कठायत र कोषाध्यक्षमा प्रकाश बम निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै विज्ञ सदस्यमा कानुनबाट डण्डीराज ओझा, लेखा सदस्यमा अनन्त कठायत, प्रजनन स्वास्थ्य सदस्यमा मिना बम, फरक क्षमताबाट सदस्य चन्द्रकलि श्रेष्ठ तथा महिला सदस्यमा राधा आचार्य र लक्ष्मी खड्का चयन भएका छन् ।
अध्यक्ष र कोषाध्यक्षको कार्यकाल ३ वर्षे र अन्य सदस्यहरूको गोलापर्थाका आधारमा एक वर्ष देखी ३ वर्ष सम्म कायम हुने नव निर्वाचित कोषाध्यक्ष प्रकाश बमले जानकारी दिए । सभाको उद्घाटन सत्रमा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले परिवार नियोजनले गर्ने कार्यको प्रशंसा गर्दै समाजमा परिवार नियोजनका गलत उपाय अपनाउँदा समस्या देखिने गरेकाले यसको न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए । बढ्दो जनसङ्ख्या नियन्त्रण र महिला सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए ।
Sagan sahari bhawan nirman aayojana
कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी खड्काले नेपालको पहिलो महिला मन्त्री तथा नेपाल परिवार नियोजन सङ्घकी संस्थापक द्वारिकादेवी ठकुरानीको जिल्लाको नागरिक हुनुमा गर्भ लाग्ने गरेको बताए । प्रमुख खड्काले जुनसुकै क्षेत्रमा काम गरे पनि त्यसको अर्थ जनसेवा रहेकोले हुनुपर्ने जति जनसेवा अहिलेसम्म हुन नसकेको बताए  । उनले सबैले स्मरण हुने गरी कार्य सम्पादन गर्नुपर्ने बताए ।
नेपाल परिवार नियोजन सङ्घ डोटीका पूर्व अध्यक्ष प्रेमा श्रेष्ठले आफ्नो कार्यकालमा सोचे जति काम गर्न नसकेको बताइन् । नागरिकको घरदैलोमा गएर सेवा दिन खोज्दा स्थानीय सरकारको असहयोगका कारण त्यस्तो गर्न नसकिएको उनले बताएकी हुन् । वडा वडामा गएर सेवा दिँदै आफ्नो कार्यकालमा रहेका अधुरा काम पुरा गर्न नयाँ कार्यसमितिलाई उनले आग्रह गरिन् । शाखा सभाबाट दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकालाई सम्मान गरिएको थियो ।
 
Shaileshwori
Loading...