बोगटान फुड्सिलले ल्याएको ४३ करोड बढीको बजेट पास

Sayalb
डोटी : बोगटान फुड्सिल गाउँपालिकाले गाउँ सभाको १३ औँ अधिवेशनमा पेस गरेको ४३ करोड ५६ लाख ९४ हजार चार सय बराबरको बजेट पास भएको छ । गाउँपालिकाले असार १० गते पेस गरेको बजेट १३ औँ अधिवेशनको सोमवार बसेको अन्तिम बैठकले पास गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष बिस्नादेबी बमले सडक, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएर १३ औँ  गाउँ सभामा बजेट प्रस्तुत गरेकी थिइन् ।  पास भएको बजेटले पूर्वाधार विकासमा सडक निर्माणलाई प्राथमिकता दिएको छ । सडकमा दुई करोड ३५ लाख, शिक्षामा दुई करोड र कृषि तर्फ ६० लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ ५० लाख, सिचाई निर्माणमा ५३ लाख, खानेपानी तर्फ ४० लाख, सुरक्षित नागरिक आवास कार्यक्रममा ३० लाख बजेट पेस गरिएको छ । यसै गरी क्रमशः सबै वडाका लागी पुजिगतमा २ करोड दश लाख, वडा चालु तर्फ ५६ लाख, खानेपानी तथा सरसफाइ दश लाख, महिलासँग उपाध्यक्ष कार्यक्रममा १५ लाख, दलित उद्यम विकासका लागी १४ लाख, पोषणको अवस्था सुधारका लागी ११ लाख र सहकारीको विकासमा दस लाख रुपैयाँ छुट्टाइएको छ । १२ महिना नै सञ्चालन गर्ने गरी सडक निर्माणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए ।
Shaileshwori
Loading...