बजेट जनताप्रति उत्तरदायी छैन, संशोधन हुनुपर्छ : सांसद ओली

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले सत्ता साझेदार दलहरूको भावना समेट्न नसकेको सांसद शिवसिंह ओलीले आरोप लगाएका छन् । बजेट माथिको छलफलका क्रममा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद ओलीले सांसदहरू र स्थानीय तहले जनतका योजना छनोट गरी प्रदेशमा पुर्याउदा पनि सरकारले सम्बोधन नगरेको बताएका हुन् । सांसद ओलीले बजेट जनप्रतिनिधिको भावना, जनता र संसद् प्रति उत्तरदायी नबनेकोले बजेट संशोधन गर्न माग गरेका छन् ।
“यो बजेटले कैयौँ कुरालाई नजर अन्दाज गरेको छ, प्रदेश गौरवका योजना अगाडी बढाउन सकेको छैन, सांसद ओलीले भने, माननीय अर्थमन्त्री ज्युले भन्नुभयो यो बजेट डिबाचरको रूपमा ल्याएको छु भनेर, तपाइहरूँ भन्न सक्नुहुन्छ एउटा मात्रै कुनै सेक्टरल मन्त्रालयको प्रदेश गौरवको योजना प्रस्तुत गर्न सक्नु भो ?” आफ्नो गृह जिल्लाका क्रमागत योजना पनि काटिएको उनले बताए ।
Sayalb
सिमचौर, केदारअखडा, कानाचौर हुँदै त्रिवेणी सडक, मडेल खतेडा सडक लगाएका क्रमागत योजना काटिएको  र गिरीचौका जाने सडकको साइली गाडमा  पुलको प्रस्ताव गर्दा बजेटमा नसमेटिएको उनले बताए । ओलीले डोटी जिल्लाबाट जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा बैठक बसेर जनताका जम्मा ९४ योजना प्रस्तुत गर्दा पनि सरकारले एक योजना पनि नहालेको बताए ।
उनले डोटीको भूकम्प प्रभावित क्षेत्रमा ध्यान नगएको आरोप लगाए । मन्त्रीका आवास पुनः निर्माण र रंगरोगनले प्राथमिकता पाएको बजेटमा भूकम्प प्रभावितको पुनः निर्माणमा ध्यान नदिएको सांसद ओलीले बताए । प्रदेशका पर्यटकीय क्षेत्रको विकासका लागि पर्याप्त बजेट उपलब्ध नगराएको बताए । उनले धनगढीका थुप्रै सडकहरूका योजना रहेको तर, पहाडी क्षेत्रमा नभएको बताए ।
Shaileshwori
Loading...