डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

गणेश मौनी 

असार २९,  डोटी

Sayalb

डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैनमा म.प्र.०३००२स १७६९ नम्बरको अटो दुर्घटना हुँदा तिन जना घाइते भएका हुन् ।

घाइते हुनेमा बडीकेदार गाउँपालिका वडा नम्बर नं.४ मान्नाकापडी बल्लेजुडीका वर्ष २४ का राम नेपाली, वर्ष २४ की तुल्छा नेपाली र वर्ष ३ की मुस्कान नेपाली रहेको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्करदत्त पन्तले बताउनु भयो ।  घाइतेहरू श्रीमान्, श्रीमती र छोरी हुन । घाइतेहरूलाई सामुदायिक स्वास्थ्य इकाई बर्छैनमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

घटना के कारणले भएको हो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

Shaileshwori
Loading...