डोटीका दुई विद्यालयमा एनसिसि तालिम सुरु

Sayalb
सुवास नेपाली, डोटी
नेपाल सरकारको प्राथमिकता प्राप्त राष्ट्रिय सेवा दल कार्यक्रम अन्तर्गत डोटी जिल्लाका २ विद्यालयमा सी.सं.४९ जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम सुरु भएको छ । छनौट भएका दुई विद्यालय के.आई.सिंह गाउँपालिका–६  मा रहेको श्री नवदिप विद्या निकेतन बोर्डिङ स्कुल सलेना र दिपायल सिलगढी नगरपालिका–२ मा रहेको श्री दिल्पेश्वर माद्यामिक विद्यालय दिपायलमा तालिम सुरु हो ।
तालिममा दुवै विद्यालयका १८/१८ छात्रा र छात्र  गरी ७२ जना सहभागी रहेका छन् । तालिमको डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख सेनानी कार्कीले “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्श वाक्य भएको श्री राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, वफादारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउनु रहेको बताए । उनले भविष्यमा विपद्को समयमा उद्धार तथा राहत कार्यमा स्वंम सेवकको भूमिका निर्वाह गर्न सक्ने दस्ता तयार गर्नु समेत उद्देश्य रहेको बताए ।
Shaileshwori
Loading...