

सिलगढी : डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । मङ्गलवार दिउसो भिरबाट लडेर दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का करिब ३० वर्षीय नर बहादुर विष्टको मृत्यु भएको हो । स्थानीय हिक्मत विष्टका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो । मृतका एक श्रीमती र तीन छोराछोरी रहेका छन् ।
