
सुवास नेपाली, डोटी
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ मा रहेको तेडि माद्यामिक विद्यालय कलेनाका ३३ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सन्तोष खड्का र उर्मिला के सी (खड्का ) दम्पतीले आफ्नी ६ वर्षीया छोरी आइरिन खडकाको जन्मोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरेको हो ।

अस्थायी बसोबास काठमाडौँ रहेको खड्का दम्पती हाल अमेरिका बस्दै आएको छ । कक्षा १ देखि ६ सम्मका ३३ जना विद्यार्थीहरूलाई वितरण गरेको शैक्षिक सामग्रीमा कापी, पेन्सिल,ज्यामिट्रि बक्स, इरेजर लगायतका रहेको सन्तोष खडकाले बताए । गरिबीका कारण शैक्षिक सामाग्रीको अभावमा बालबालिकाहरू विद्यालय जानबाट वञ्चित रहेको कुरालाई मध्यनजर गर्दै गरिब,असहाय बालबालिकाहरूलाई राहत पुग्ने गरी शैक्षिक सामग्री वितरण गरिएको खडकाले बताए ।
साथै के.आई. सिंह गाउँपालिका-६ रहेको श्री नवदिप विद्या निकेतन बोर्डिङ स्कुल सलेनामा अक्षयकोष स्थापना गरिएको छ । जन्म उत्सवको अवसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई पढाइमा सहज होस् भन्ने उद्देश्यले छात्रवृत्तिका लागी २० हजारको अक्षयकोष स्थापना गरिएको खडकाले बताए ।
