प्रेस युनियन डोटीको अध्यक्षमा कुँवर चयन

डोटी : नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको अध्यक्षमा चक्र कुवर सर्वसम्मत चयन भएका छन् । शाखाको ५ औँ अधिवेशनबाट कुवर अध्यक्षमा चयन भएका हुन् । शनिवार सम्पन्न अधिवेशनले कुवरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  अधिवेशनबाट उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन् ।
Sayalb
अध्यक्षमा निर्वाचित भएपछि कुवरले प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको सङ्गठन भएको स्मरण गर्दै सङ्गठनको मर्म अनुसार अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रेस युनियन डोटी देशकै नमुना शाखा भएकाले अझ सशक्त रूपमा सङ्गठनलाई अघि बढाउन हर सम्भव प्रयास गर्ने बताए ।
Shaileshwori
Loading...