Before Header
After Navigation

शैलेश्वरी क्षेत्र विकास समितिले गर्‍यो गणपति कार्कीलाई सम्मान 

सुवास नेपाली
साउन ९, डोटी 
Sagan sahari bhawan nirman aayojana
शैलेश्वरी क्षेत्र विकास समिति डोटीले भैरव प्रसाद गण डोटीका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीलाई सम्मान गरेको छ । मङ्गलवार शैलेश्वरी मन्दिर प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी शैलेश्वरी क्षेत्र विकास समितिले प्रमुख सेनानी कार्कीलाई सम्मान गरेको हो ।
प्रमुख सेनानी कार्कीले जिल्लाको धार्मिक, सांस्कृतिक, पर्यटन, खेलकुद, उद्धार, शिक्षा लगायतका क्षेत्रमा अतुलनीय योगदान गरेले सम्मान गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले बताए । गणपति कार्की आफ्नो कार्यबाट जिल्लाका बालबालिका देखी वृद्धसम्मको मनमा बस्न सफल भएको बताउँदै अध्यक्ष भट्टले असल जुझारु व्यक्तिलाई बिदाइ गर्नुपर्दा नरमाइलो लागेको बताए ।
भैरव प्रसाद गणले डोटी जिल्लाका जनता र यस क्षेत्रको विकासका लागी सहकार्य गर्दै आएको स्मरण गर्दै गणपति कार्कीले आउने दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने बताए । शैलेश्वरी क्षेत्र विकास समितिले गणपति कार्कीलाई सम्मान गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई स्वागत गरेको छ ।
Shaileshwori
Loading...