डोटीमा अन्तरक्रिया गरेर मनाइयो डुबेर हुने मृत्यु रोकथाम दिवस

सिलगढी : डोटीमा डुबेर हुने मृत्यु रोकथाम दिवस मनाइएको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा कार्यालयको बैठक कक्षमा अन्तरक्रिया गरी दिवस मनाइएको हो । यो दिवस डोटीमा पहिलो पटक मनाइएको हो ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले दिवस मनाउनुको कारण, विश्वभर, नेपाल तथा डोटीमा डुबेर हुने मृत्युको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार डोटी जिल्लामा चार वर्षको अवधिमा २१ जनाको मृत्यु भएको छ । यो सङ्ख्या २०७६ पछिको हो ।
Sayalb
मृत्यु भएका २१ जनामा अधिकांश डोटी भएर बग्ने सेती नदीमा डुबेर मृत्यु भएका रहेका छन् । बाढीमा परेर, नदीमा हाम फालेर, ट्याङ्कीमा डुबेर, नुहाउने क्रममा तथा पौडी खेल्ने क्रममा डुबेर मानिसको मृत्यु हुने गरेका छ । मदिरा सेवन गरेर नदिमा जाँदा कैयौँको डुबेर मृत्यु हुने गरेको अन्तरक्रियाका अधिकांश वक्ताले बताएका थिए । आगामी दिनमा डुबेर हुने मृत्यु रोक्न विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने, स्थानीय सरकारसँग छलफल गरेर विभिन्न कार्यक्रम गर्ने, मदिरा नियन्त्रण गर्ने लगायतका कार्य गर्ने अन्तरक्रिया कार्यक्रमको निष्कर्ष छ ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, डोटी जिल्ला स्थित तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, विपद्को क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...