पाँच दिने बाल केन्द्रित सिकाई तालिम सम्पन्न

नरेन्द्र बहादुर वि.क., डोटी
डोटीको दिपायलमा सञ्चालन भएको ५ दिने बाल केन्द्रित सिकाई  तालिम सम्पन्न भएको छ । सम विकास केन्द्र (ईडिसि) नेपाल, डोटी र एक्शनएड नेपालको सहकार्यमा सञ्चालित स्थानीय हक अधिकार कार्यक्रम अन्तरगत शुक्रवारबाट सञ्चालन भएको तालिम मङ्गलवार समापन भएको छ ।

Sayalb

स्थानीय परिवेश अनुरूपको शैक्षिक सामग्रीहरू उत्पादन गरी ती सामग्रीहरूको प्रयोगद्वारा कक्षा कोठाहरूमा रमाइलो वातावरण सिर्जना गर्ने उद्देश्यले शिक्षकहरूका लागि तालिमको आयोजना गरिएको हो । तालिममा के.आई.सिंह गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका २० जना शिक्षकहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । राजेन्द्र पोखरेलले पाँच दिन तालिमको सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसी सभापति थिए भने दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर (साउद) प्रमुख अतिथिमाको रूपमा सहभागी थिइन् ।

Shaileshwori
Loading...