सेती नदीमा डुबेर एक बालक बेपत्ता 

सेती नदीमा डुबेर  एक बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नंं.–३ तेल पारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गर्न सफल भएको थिए ।  मिलनको अहिले डडेलधुरामा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले  जानकारी दिए ।  बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ । खोजीका  लागी आफन्त  नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको  छ ।
Sayalb
उनीहरू खेल्ने क्रममै नदीमा पुगेको बेलामा दुवै डुबेको स्थानीयले बताएका छन् । मिलनलाई स्थानीयले जोगाउन सफल भए पनि सुशान्त बेपत्ता भएका हुन् ।
Shaileshwori
Loading...