
सिलगढी : डोटीमा बिहीबार १० घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म ११ के.भी राजपुर, दिपायल र सिलगढीमा विद्युत् अवरुद्ध हुने छ । दिपायल ३३/११ के.भी सबस्टेशन भित्रका पुराना कन्ट्रोल प्यानल परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका प्रमुख शिव शङ्कर सानीले जानकारी दिएका छन् । उपकरण जडान कार्य छिट्टै सकिएमा ४ बजेभन्दा पहिला नै विद्युत् सुचारु हुने प्रमुख सानीले बताएका छन् ।

