गणपति कार्की डोटीका नागरिक सङ्घसंस्थाबाट सम्मानित

डोटी  । डोटीका नागरिक सङ्घसंस्थाले सिलगढी स्थित भैरव प्रसाद गणका गणपति जनमत कार्कीलाई सम्मान गरेका छन् । डोटीबाट सरुवा भई जान लागेका गणपति कार्कीलाई शनिवार दिपायलमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाइ गरिएको छ । डोटीमा कार्यरत रहँदा गणपति कार्कीले जिल्लाको संस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य क्षेत्र तथा पूर्वाधार विकास निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् ।
सोही योगदानको कदर गर्दै बोगटान फुड्सिल गाउँपालिका, डोटी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, डोटी चेम्बर अफ कमर्स, गैर सरकारी संस्था महासङ्घ नेपाल, शैलेश्वरी डोटी सार्वजनिक यातायात प्राली, होटेल व्यवसायी सङ्घ लगायतका नागरिक संस्थाहरूले संयुक्त रूपमा अभिनन्दन गरेका हुन् । संघसंस्थाहरुले मायाको चिनो, कदर पत्र, खादा, माला एवम् दोसल्ला ओढाएर गणपति कार्कीलाई अभिनन्दन गरेका थिए । कर्मचारी सरुवा भएर जाने नियमित प्रक्रिया भए पनि जाने बेला डोटीले आफूलाई गरेको सम्मानले भावुक बनाएको गणपति कार्कीले बताएका छन् । आफू जहाँ गए पनि डोटीको विकासका लागि सक्दो सहयोग गरिरहने उनले बताएका छन् ।
Sayalb
सम्मान कार्यक्रमका प्रमुख अतिथि बोगटान फुडसिल गाउँपालिका अध्यक्ष कमल गडसिलाले गणपति कार्कीसँगको सङ्गतबाट आफूहरूले पनि थुप्रै कुरा सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । अध्यक्ष गड्सिलाले थोरै रकमबाट पनि ठुला ठुला पूर्वाधार निर्माण एवम् आयोजनाहरू कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने अनुभव कार्कीबाट सिकेको बताए । यसरी नागरिक संघसंस्थाहरुबाट संयुक्त रूपमा अभिनन्दन हुने कार्की पहिलो व्यक्ति हुन् । गणपति कार्की आफ्नो डेढ वर्षको डोटी बसाइ सकेर सोमबार सरुवा भएर जाँदै छन् ।
Shaileshwori
Loading...