जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरामी

जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरमी भएका छन्।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्।

Sayalb

 दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउ खाँदा बिरामी परेका छन्।

उनीहरुले मंगलवार दिउसोको खानासँगै जंगली च्याउ खाएका थिए।प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार हुँदैछ।

Shaileshwori
Loading...