Before Header
After Navigation

एमालेको अवरोधले राष्ट्रियसभा बैठक पनि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। प्रतिनिधिसभा बैठकमा अवरोध गरेको एमालेले राष्ट्रियसभा बैठक पनि नियमति कार्यसूचीमा प्रवेश गर्न दिएन।

झण्डै डेढ घण्टा चलेको बैठकमा दलीय आधारमा सदस्यहरूले समसामयिक विषयमा धारण राखेका थिए।

Sagan sahari bhawan nirman aayojana

त्यसपछि नियमित कार्यसूचीमा प्रवेश गर्न खोज्दा एमाले सांसदहरूले उठेर विरोध जनाए। अध्यक्ष गणेश तिमल्सिनाले विमला घिमिरेलाई बोल्न समय दिए। उनले बोल्ने क्रममा सत्तापक्षकै सांसदले राष्ट्रियसभामा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबारे आशंका गरेको भनेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले नियमापत्ती गरे।

तर अध्यक्ष तिमल्सिनाले उनलाई आफ्नो पालोमा बोल्न रुलिङ गरे। एमाले सांसदले बोलिसकेपछि उठेर विरोध गरेकाले उनले बोल्न पाएनन्। एमालेले अवरोध जारी राखेपछि अध्यक्ष तिमल्सिनाले बैठक साउन २६ गते बिहान ११ बजेसम्मको लागि स्थगित गरे।

एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट संघीय संसदका दुवै सदन चल्न दिएको छैन।

Shaileshwori
Loading...