विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना बेपत्ता छन् ।

ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए। उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन्।

Sayalb

यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन्। सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए। २८ जिल्लाका ५५ जना घाइते भएका छन्।

विपदमा परेर १३० घर पूर्णरुपमा क्षति भएका छन् भने १९३ घरमा आंशिक क्षति पुगेको छ। मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बिच भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन।

Shaileshwori
Loading...