सडकमै गाडी पार्किङ : बसपार्क प्रयोग बिहिन

डोटी जिल्ला सदरमुकाम सिलगढीमा गाडीहरू फेरी सडकमै पार्किङ हुन थालेका छन् । सिलगढीमा रहेको बसपार्क प्रयोग बिहिन बनेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
यस अघि  बसपार्क प्रयोग बिहिन भएको सडकमै गाडी पार्कीङ गरेर ट्राफिक अस्तब्यत पार्ने गरेको भन्दै बसपार्क  क्षेत्रका स्थानीयले विरोध गरेपछि बसपार्क लामो तथा छोटो दुरीका यातायात बसपार्क भित्र अनिवार्य जाने नगरपालिकामा सहमति भएको थियो । भएको सहमति कार्यान्वयनमा  नगरपालिका र प्रहरी प्रशासनले सहयोग नगरेको उनीहरूको गुनासो छ ।
सहमतिको उलङ्घन गर्दै बसपार्कमा गाडी नजाने गरेको र सडक मै पार्कीङ गर्ने कार्य भइरहेको स्थानीय विक्रम केसीले बताए । केसीले भने ‘बसपार्क आवश्यक छैन भने हटाउनु पर्‍यो होइन भने बसपार्क प्रयोगमा ल्याउनु पर्‍यो ।’
Sayalb
बसपार्क प्रयोग हुन पर्ने माग गर्दै संघर्ष समिति गठनगरी नगरपालिकामा जाँदै स्थानीयहरु । फायल तस्बीर
दिपायल सिलगढी नगरपालिकाको आफ्नै लगानीमा निर्माण भई कार्यान्वयन रहेको बसपार्कमा सार्वजनिक यातायातका ठुला साना (बस, हाईस जिप) लगायतका गाडीहरू बसपार्कबाटै छुट्ने, बसपार्कमै पार्किङ गर्नुपर्ने, बसपार्कमै टिकट काउन्टर वाट टिकट व्यवस्थापन गरी यात्रुहरू ओसारपसार गर्ने व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् ।
Shaileshwori
Loading...