
डोटी । सुदूर पश्चिमको मौलिक पर्व गौराका लागि प्रसिद्ध मानिने केआईसिह ६ फलेडीकाे गौरा भाद्र १० गते आइतबार सेलाउने कार्यक्रम रहेको छ । गौरा प्रवर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष राम जोशीले दिएको जानकारी अनुसार हरेक वर्ष झैँ यस वर्ष पनि खुल्ला देउडा गीत प्रतियोगिता राखिएको छ ।

भाद्र ९ गते शनिवार दिनभरि खुल्ला देउडा प्रतियोगितामा ख्याति प्राप्त देउडा गायक तथा गायिकाहरू बिचमा घम्साघम्सी हुनेछ भने राती परम्परा अनुसारको भारिखेल लाग्ने छ । गौरा व्यवस्थापन समितिका गणेश जोशीका अनुसार गौरा अवधिभरमा मदिरा निषेधित गरिएको छ । फलेडीकाे गौरा हेर्न टाढा टाढाबाट दर्शकहरू पुग्ने गरेको स्थानीय गौरा संरक्षण तथा सल्लाहकार समितिका सदस्य परमानन्द जोशीले बताए ।
गौराको अन्तिम दिन अर्थात् आइतबार तल्लो फण्डि र मल्लो फण्डीकाे गौरा जुधाइको दृश्य रमाइलो हुने धुव्रराज जोशीले बताए । विधिवत् रूपमा गौराको व्रत गरी पुजाआरधना गरिएको मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ ।
