माओवादी केन्द्रले भाद्र १६ गते डोटी जिल्लाका ६५ वडाबाट एक साथ पार्टी रूपान्तरण विशेष अभियान उद्घाटन गर्ने 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीले जिल्लाका ६५ वटाबाट पार्टी विशेष रूपान्तरण अभियान १६ गते एक साथ उद्घाटन गर्ने भएको  छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीको पाँचौँ पूर्ण बैठकले सबै वडाबाट एक साथ पार्टी रूपान्तरण अभियानमा जुटेको उद्घोष सहित ‘जनजनमा माओवादी  मनमनमा माओवादी’ अभियानलाई पूर्णता दिन जनताको घरदैलोमा प्रत्यक्ष पुग्ने निर्णय गरेको छ ।
Sayalb
जनता र माओवादीको सम्बन्ध टुट्दै गएको महसुस भएका कारण जनताले भने र अपेक्षा अनुसारका काम गर्नका लागी फेरी एक पटक जनताका बिचमा गएर जनताकै पार्टी स्थापित गर्नका लागी तिन महिने विशेष रूपान्तरण अभियान सुरु गरेको डोटी जिल्ला इन्चार्ज लक्षिराम आर्चायले बताएका छन् ।
प्रत्येक वडामा केन्द्रीय सदस्य, प्रत्येक टोलमा प्रत्येक कमिटी सदस्य र प्रत्येक घरमा जिल्ला कमिटी र पालिकाका सदस्यहरू पुग्नै पर्ने बाध्यकारी निर्णय गरेको छ । ६ कमान्डमा विभाजन गरिएको डोटी जिल्लालाई केन्द्रीय सदस्यले कमान्ड गर्ने भएका छन् ।
Shaileshwori
Loading...