मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ खँड्यौली बजारमा बुधवार सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । १७ औ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा प्रहरी चौकी खँड्यौलीले स्थानीय सरकार सरोकारवालको सहभागिता तथा सहकार्यमा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।
Sayalb
मानव बेचबिखन विरुद्धको बारेमा आम नागरिकलाई जानकारी गराई सचेतना अभिवृद्धि गर्ने हेतुले कार्यक्रमको आयोजना गरेको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्करदत्त पन्तले बताउनु भयो ।स्थानीयको सहभागितामा आयोजना गरेको सचेतनामूलक कार्यक्रमका सहभागीहरूले खँड्यौली बजारलाई समेत सरसफाइ गरेका थिए । कार्यक्रममा स्थानीय व्यापारी, नागरिक समाज, पत्रकार बुद्धिजीवी सबैको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...