स्थानीय तहका कर्मचारीले कालो पट्टि बाँधेर निजामती सेवा दिवस मनाउने 

भदौ २१, डोटी

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा कार्यरत कर्मचारीले विभिन्न माग राख्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा, वृत्ति विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरूलाई निजामतीको परिभाषामा नसमेटिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भाद्र २२ गते निजामती सेवा दिवस मनाउन भन्दै पत्राचार गरेकोमा बोगटान फुड्सिल गाउँपालिकाका कर्मचारीले कालो पट्टि बाँधेर विरोध गर्ने बताएका छन् । उनीहरूले सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा समावेश गर्न भन्दै ९ बुँदामा विभिन्न माग राखेका छन् ।

Sayalb

एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सरकार मात्रै हुनुपर्ने, अनुमानयोग्य सरुवा चक्रीय प्रणाली लागु हुनुपर्ने, निजामती अस्पतालमा सबै निजामती कर्मचारीलाई समेट्नुपर्ने, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकास समान हुनुपर्ने, कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, प्रमुख प्रशासकीय पद स्थानीय सेवाको हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने कर्मचारीहरूको माग छ ।

Shaileshwori
Loading...