Before Header
After Navigation

दिपायल सिलगढीको लडागडामा खानेपानीको अभाव

मोहन ठकुल्ला
भदौ २३, डोटी 
दिपायल सिलगढी नगरपालिका–८ लडागडामा खानेपानीको अभाव रहेको छ । वडा कार्यालय रहेको लडागडासहित, गोदाडा, डाँडा गाउँ, मेलतोली, सेटिगाउँ, सेरी गाउँ लगायतका गाउँमा खानेपानीको अभाव छ । यहाँका दुई सय भन्दा बढी घरधुरीले लामो समय देखी खानेपानीको चरम अभाव झेलिरहेका छन् ।
पर्याप्त खानेपानी नहुँदा एक घण्टाको बाटो हिँडेर डोकोमा पानी ल्याउनु परेको स्थानीय गोबि साउदले बताए । रोलको जङ्गल आसपासका कुवामा पानीकै लागि लामो समय लाइन लाग्नुपर्ने र कुनै दिन रित्तै फर्किनु पर्ने बाध्यता रहेको साउदले बताएका छन् । कपडा धुन र नुहाउनु परेमा २ घण्टा लगाएर गण्डीगाड जानुपर्छ  ।
Sagan sahari bhawan nirman aayojana
यहाँ खानेपानिका योजना नबनेका भने होइनन् । तर ती योजना व्यवस्थित नहुँदा सास्ती भोग्नुपरेको मेलतोलीकी लालीदेवी दमाईले बताइन् । पानीको अभावले महिलाहरू बढी प्रभावित भएका छन् । महिनावारी भएका महिलालाई अझ धेरै समस्या हुने गरेको छ  ।
खानेपानीको अभावले पठनपाठनमा प्रभाव परिरहेको सुना देवी माद्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर कडायतले बताए । पानी नहुँदा विद्यार्थीको ध्यान पढाइमा केन्द्रित हुन नसक्ने र सरसफाइ पनि कम हुने उनले बताए ।
पुरानो खानेपानी योजनाको पानी २ टोललाई मात्र पुग्ने र नयाँ खानेपानीको लाइन व्यवस्थित हुन नसकेका कारण खानेपानीको समस्या भएको वडा अध्यक्ष दशरथ बलायरले बताए । नयाँ योजनाको मुहान लडागडाबाट १९ किलोमिटर टाढा पूर्वीचौकी गाउँपालिका–२ को घाँणसिनामा छ । केही समय यो मुहानको पानी आए पनि अहिले बन्द छ । मुहान टाढा भएकाले सुरक्षा र व्यवस्थापनको चुनौतीले बन्द भएको अध्यक्ष बलायरले बताए ।
क्रमागत बजेट ११ करोडको लगानीमा खानेपानीको कार्य भइरहँदा यो वर्ष ६ लाख मात्रै विनियोजन हुँदा थप समस्या भएको वडा अध्यक्षको भनाइ छ । खानेपानीको योजनाहरूमा काम गरेकाहरूले एक वर्ष पहिलाको ज्याला समेत नपाएको गुनासो गरेका छन् । यस विषयमा वडामा कुनै जानकारी नआएको बताइएको छ ।
Shaileshwori
Loading...