Before Header
After Navigation

सि.सं.६ सैन्य आधार तालिम सम्पन्न

सुवास नेपाली 
भदौ २५, डोटी
Sagan sahari bhawan nirman aayojana
डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणमा मिति २०७९ मङ्सिर १ गतेबाट सञ्चालन भएको सि.सं.६ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज आज सम्पन्न भएको छ । श्री नं ५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दीपेश जङ्ग शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तिम दलेल कवाजमा ९७ जना सैन्य प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
उक्त समारोहलाई सम्बोधन गर्दै बाहिनी पति शाहले तालिमे सैन्यहरूबाट सलामी ग्रहण गर्नुका साथै कवाज निरीक्षण गर्नु भई उक्त तालिमको दौरान विभिन्न विद्यामा उत्कृष्ट भएका  सैन्यहरूलाई पुरस्कार समेत प्रदान गर्नुभएको थियो।सम्बोधनका क्रममा बाहिनी पति शाहले सेना बलियो भए मात्र देश बलियो हुने भन्दै  सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम  कटिबद्ध रहन निर्देशन गर्नुभयो ।
सिलगढी स्थित टुँडिखेल मैदानमा आयोजित कार्यक्रममा श्री नं ५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी दीपेश जङ्ग शाह, श्री भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रमुख तथा सैन्यहरूका आफन्त  लगायतको उपस्थित रहेको थियो ।
Shaileshwori
Loading...