Before Header
After Navigation

रास्वपा सांसद डा. कार्की डोटी आउँदै, अरू को कहाँ खटिए ?

डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव सङ्कलनका लागि केन्द्रीय सदस्य डा.तोसिमा कार्कीलाई डोटी पठाउने निर्णय गरेको छ । डा. कार्कीलाई केन्द्रबाट सुझाव, गुनासो सङ्कलनका लागि डोटी जिल्लामा पठाइन लागेको पार्टीका महामन्त्री मुकुल ढकालले बताए । डा. कार्की सहित १९ जनालाई रास्वपाले विभिन्न जिल्लामा पठाएको महामन्त्री ढकालले बताए ।
Sagan sahari bhawan nirman aayojana
उनिहरुले जिल्लामा तिन दिन बसेर सुझाव सङ्कलन गर्ने भएका छन् । तीन चरणमा जिल्ला गएर, सुझाव सङ्कलन गरेर दस्ताबेजलाई पूर्णता दिने रास्वपाको तयारी छ ।  पार्टी सभापति रवि लामिछाने भने रोल्पा जाने भएका छन् । पार्टी उपसभापति डोलप्रसाद अर्याल पर्सा, महामन्त्री ढकाल कालिकोट, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ बैतडी सांसद सुमना श्रेष्ठ कैलालीको टीकापुर, सांसद शिशिर खनाल रसुवा, सांसद मनिष झा पर्वत, सांसद गणेश पराजुली ओखलढुङ्गा जाने छन् ।
केन्द्रीय सदस्य रमेश प्रसाईँ सुर्खेत, सन्तोष परियार कपिलवस्तु, विपिन आचार्य सङ्खुवासभा, हरि ढकाल सोलुखुम्बु, कमल सुवेदीलाई रौतहट खटाइएको छ । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी कञ्चनपुर, डा. स्वर्णिम वाग्ले तनहुँ, गणेश कार्की सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताल खोटाङ र शङ्कर श्रेष्ठ इलाम जाने महामन्त्री ढकालले बताए ।
Shaileshwori
Loading...