डोटी जिल्लाका सबै स्वास्थ्यकर्मीलाई पिपिई सेट प्रदान गरिने

Sayalb

डोटी जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाई गर्ने कर्मचारीलाई पर्शनल प्रोटेक्टीभ ईकुमेन्ट (पिपिई) सेट उपलब्ध गराईने भएको छ ।
युकेआइडी, युनिलिभर र एक्शनएड नेपालको सहकार्यमा सम बिकास केन्द्र नेपाल (ईडिसी)डोटीले स्वास्थ्य कार्यालय डोटीलाई शुक्रबार पिपिई सेट हस्तान्तरण गरिने सम बिकास केन्द्रका अध्यक्ष अधिराज बिसीले जानकारी दिएका छन ।
स्वास्थ्य कार्यालय डोटी मार्फत डोटी जिल्लाका ९ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागी ५ सय ४५ सेट पिपिई सेट हस्तान्तरण गर्ने संस्थाले जानकारी दिएको छ । सेटमा क्याप, गमबुट, चस्मा मास्क गलब्स लगाएतका समाग्री हुने संस्थाले जानकारी दिएको छ ।
संस्थाले बिपद् प्रतिकार्य योजना अन्तरगत सरससफाईमा युवाको परिचालन गर्ने काम गरिरहेको छ ।

Shaileshwori
Loading...