डोटीका  स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सङ्घर्ष समिति गठन

डोटी जिल्लामा कार्यरत स्थानीय तहका कर्मचारीले सङ्घर्ष समिति गठन गरेका छन् । जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीको दिपायलमा सम्पन्न भेलाले विनोद भट्टको संयोजकत्वमा १३ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको हो ।  समितिको उप–संयोजकमा शङ्कर जोशी, सचिव मीनबहादुर चन्द र कोषाध्यक्ष षडानन्द ओझा रहने गरी ९ सदस्य सहित  १३ सदस्य संर्घष समिति गठन गरिएको हो ।
Sayalb
स्थानीय तहमा कार्यरत कर्मचारीहरूले   सङ्घीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, सङ्घीय प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरूलाई निजामतीको परिभाषा भित्र समेटिनुपर्ने,   स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने , स्थानीय तहमा कार्यरत । सङ्घीय कानुन बमोजिम समायोजन भएका, लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका र साबिक स्थानीय तहका० कर्मचारीहरू ७५३ स्थानीय तहहरूमा नै बिना सहमति स्वचालित, वैज्ञानिक, पूर्व अनुमानयोग्य र चक्रीय प्रणाली अनुसार २ र २ वर्षमा सरुवा हुनुपर्ने व्यवस्था गरिनुपर्ने एउटै प्रदेश भित्र प्रदेशले र अन्तर प्रदेश स्थानीय तह सरुवा सङ्घीय मामिलाद्वारा गरिनुपर्ने । लगायतका माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरूले  माग गर्दै आएका छन् ।
Shaileshwori
Loading...