भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

असोज १३, बझाङ ।
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहराको शनिवार गाँजो (खर) काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
Sayalb
गाँजो काट्न गएकी बोहराको बिहान ६ बजेतिर भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष हरिचन्द्र जोशीले बताए । बोहरा भिरबाट अन्दाजी ३ ४ सय मिटर तल खसेकी थिइन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Shaileshwori
Loading...