काडमाडौं । देउडा सांस्कृतिक मञ्चको आयोजनामा देउडा आईडल २०८० हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा संस्कृतिसँगै भेषभुषाको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । देउडा आईडलको अडिसन कर्णाली र सुदूरपश्चिमका १९ जिल्लामा संचालन हुने छ । प्रत्येक पालिकामा प्रतिभा छनोटका लागि अडिसन हुने आइडका संयोजक महेश कुमार औजीले बताउनुभयो ।
देउडा आईडलको प्रायोजनमा हिमाल डेन्टल हस्पिटल गरेको छ । भने, कार्यक्रमको प्रत्यक्ष प्रशारण टिभी टुडे टेलिभिनले गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनक राज पन्तले देउडा आईडल सुदूर र कर्णालीका प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च भएको बताउनुभयो । साथै पन्तले ब्रोडकास्ट पार्टनरको हैसियतले कार्यक्रम सम्पन्न गर्नमा टिभी टुडेले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।

यस्तै वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा आईडललाई सफल पार्न सम्पूर्ण देउडा प्रेमी जनताले सहयोग गर्ने बताउनुभयो । जोशीले अबको दश वर्षमा देउडा गीत सारा नेपालीले गाउने बताउनुभयो । कार्यक्रमका संयोजक महेश कुमार औजीले देउडा संस्कृतिलाई जिवन्त बनाउनका लागि देउडा आईडल आयोजन गर्न लागिएको बताउनुभयो । लामो समयको प्रयासपछि देउडा आईडल गर्ने अवस्थामा पुगेको औजीको भनाइ थियो । यस्तै गायक तथा संगीत साधक तिलक सिंह पेलाले देउडा आईडल मानसखण्डको संस्कृतिलाई संरक्षण गर्नका लागि कोसेढुंगा सावित हुने बताउनुभयो ।
देउडा आईडलको पुरस्कार राशी अर्काे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ । आईडलको निर्णायक मण्डलमा नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुन रहनु हुने भएको छ । दिनेश खड्काले निर्देशन गर्ने देउडा आइडल मंसिरदेखि टेलीभिजनमा प्रशारण गर्ने तयारी गरिएको छ । आइडल सम्बन्धि थप जारी अर्को पत्रकार सम्मेलनमार्फत गरिने आयोजकले जनाएको छ ।