बैतडीमा ४५ वर्षीया महिला करणीको आरोपमा एक जना पक्राउ

बैतडी । बलात्कारको आरोपमा मेलौली नगरपालिका–५ खलिगाड बैतडीका २८ वर्षीय नरेश जोशी पक्राउ परेका छन् । जोशी ४५ वर्षीया एक महिला करणी गरी भागेको आरोपमा सोमवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
Sayalb
जोशीमाथि असोज २१ गते बिहान मेलौली–६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिला करणी गरी भागेको आरोप छ  । पक्राउ परेका जोशीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Shaileshwori
Loading...